दाङ – नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले जिल्ला प्रहरी कार्यलय दाङलाई करिव सहत्तरी हजार बराबरको औषधि प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आज फाल्गुन ३ गते स्वास्थ्य शिविर संचालन गर्दैछ । सोही शिविरका लागि विभिन्न प्रकारका औषधि सहयोग गरेको जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।
आज बिहिवार जिल्ला प्रहरी कार्यालय दाङले कार्यालय भित्रै सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य शिविर संचालन गर्ने भएकोले सामाजिक उत्तरदायित्व कार्यक्रमको परिधी भित्र रहेर हामीले सहयोग गरेका हौ”- अध्यक्ष पौडेलले भन्नू भयो ।
यहि फाल्गुन ५ गते तुलसीपुरको एक अनाथालयमा खाद्यान्न सहयोग गर्ने कार्यक्रम पनि रहेको छ । भर्खर हामी अर्को कार्यकालका लागि निर्वाचित भएका छौं, विगतमा जस्तै अबको कार्यकालमा पनि सामाजिक काम गर्नु छ, ती कामहरुको योजना बनाएर अगाडी बढ्ने छौं”- उहाँले भन्नू भयो ।

प्रतिक्रिया दिनुहोस्