दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले एउटा पालिकाबाट मात्र निर्मुल पारेर दादुरा-रुबेला खोप अभियानले पूर्णता नपाउने बताउनु भयो । सबै मिलेर अभियान सफल पार्न आग्रह गर्नु भएको छ ।
यो अभियानलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट लागौं, हरेक बस्ती,टोलमा पुगेर यो रोगको बारेमा सबैलाई बुझाउने काम गरौं यो काममा सबै मिलिएर हातेमालो गरौं”- नगर प्रमुख चौधरीले भन्नू भयो ।
लमही नगरपालिका स्वास्थ्य शाखाले दादुरा – रुबेला खोप अभियान स्थानीयतह स्तरीय समन्वय समिती तथा सरोकारवालाहरुबिच अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
पालिका स्तरीय खोप समितिका संयोजक तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सरकारले यो रोग निवारण नभएको भन्दै यहि फाल्गुन १३ गतेदेखि दादुरा- रुबेला खोप अभियान शुरु गर्न लागेको छ । अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्