आत्मविश्वासनै सफलताको सुत्र हो – नगर उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ फाल्गुन २०८०, बुधबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफुमा आत्मविश्वास हुन जरुरी रहेको बताउनु भयो । आत्म विश्वास नै सफलताको सुत्र रहेको योगीले बताउनु भयो । महिलामा पनि नेतृत्व गर्ने क्षमता छ, पाएको अवसर छोड्नु हुँदैन, हरेक समस्या संग जुधेर अगाडी बढ्ने सक्ने नै सफल नेतृत्व हुन्छ”- उपप्रमुख योगीले भन्नू भयो ।

सिकेका सीपमा महत्त्वकांक्षी हुनेहरु नै सफल हुने हुन, सीपलाई आर्थिक आयआर्जनसंग जोड्दै आर्थिकमा बलियो हुन सबैलाई आग्रह गर्नु भयो । सीप सिकेर त्यस्लाई व्यवहारमा उतार्न सक्नु पर्छ,जुनसुकै काममा इमानदारीता हुन पर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिने उहाँको भनाई छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख लक्ष्मी सुवेदी, वडा नम्बर -७ का वडा सदस्य उर्मिला चौधरी, सुनमाली विक लगायतले बोल्नु बोल्नु भएको थियो ।

लमही नगरपालिका – ७ उच्चानिम्बुकि नैनावती चौधरीले घर नजिकै तालिमको आयोजना गरेर फाइदा पाएको भन्दै खुशी व्यक्त गर्नु भयो । बेरोजगार भएर घर बस्दा थुप्रै मानसिक झमेला हुने गर्दथ्यो, घर खर्च कसरी चलाउने होला भन्ने लाग्दथ्यो अब सिकेको सीपलाई व्यवसायीक रुमा अगाडी बढाउने सोच भएको बताउनु भयो ।

त्यस्तै सहभागी सरिता भट्टराईले छोटो समयमा धेरै कुरा सिक्ने मौका पाएको बताउनु भयो । सीप सिकेर आय अर्जनमा जोडिन सक्ने खालको भएको र आगामी दिनमा पनि यस्ता खालका तालिमको आयोजना गरिदिए अझै सीपमा निखारता ल्याउन सकिने कुरा बताउनु भयो ।

समापन तालिममा सहभागी भएका महिला महिलाहरुलाई दुई समुहमा बिभाजन गरिएको छ ।समुहमा आबद्ध भएका महिला महिलाहरुलाई सक्रिय गराई आयआर्जन र बचत गर्ने बानिको विकास गराउनु समुह बिभाजनको मुख्य उदेश्य रहेको उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिनु भयो ।

एउटा समुहमा चौध जना महिला हुने गरि समुह बनाइएको छ । ती समुहले हरेक महिनाको बीस गते बैठक बसि बचत गर्ने, ऋण लगानी गर्ने, व्यवसाय सम्बन्धि छलफल गर्ने छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमबाट होजियारी तालिम छनौट भएको छ । ८ दिने तालिममा वडा नम्बर ७ का २८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट सुशीला चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सहजीकरण प्रमिला योगीले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्