दाङ – क्रिकेट संघ दाङको आयोजनामा सोमबार देखि शुरु हुन थालेको दाङ क्रिकेट लिग सिजन-२ मा देउखुरी वारियर्सले सहभागी जनाउँदै छ ।
साबिक उपबिजेता देउखुरी वारियर्स जिल्लामा अब्बल मानिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समाबेस गरेको देउखुरी वारियर्स जिल्लामा अब्बल मानिएको हो ।
गतवर्ष दाङ लिगमा फाईनल प्रवेश गरेर घोराही टाईगर्ससँग उपविजेता बनेको थियो ।
देउखुरी वारियर्समा अन्तर्राष्ट्रिय खेलाडीहरु विशाल विक्रम केसी (कप्तान), नारायण जोशी, प्रज्वल थापा, प्रज्वल थापा र दिपक बोहरा समावेस छन ।
त्यस्तै राष्ट्रिय लेबलमा नाम राख्न सफल आशिष वली, आवाज गौतम, आयुस वली, राजकुमार कुमाल, जोन वली, शुभम खनाल, अभिषेक केसी, केशव अधिकारी, थमन वली, सुरज खनाल देउखुरी वारियर्समा अटाएका छन ।
दिपु केसी मेन्टर रहेको देउखुरी वारियर्सको कोचमा अर्जुन बस्नेत छन भने टिम म्यानेजरमा सरोज बस्नेत रहेका छन । क्रकेटको बिकाशका निम्ति २०७८ सालमा स्थापना भएको देउखुरी वारियर्सले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ ।
देउखुरी वारियर्सका ओनर जानकिलाल बस्नेतले खेलको विकाससँगै अबसर प्रदान गर्न क्लबको स्थापना गरेको बताए ।
आईतबार देउखुरी वारियर्सले लमहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी जर्सी अनावरण गरेको छ । देउखुरी वारियर्सका मानेजिङ डाईरेक्टर गणेश बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उनले खेलाडीलाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे । खेलाडीको हौसलाका बुढाथोकीले नगद १५ हजार सहयोग गरे । कार्यक्रममा लमहीका व्यवसायी अजय न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा देउखुरी वारियर्सको मुख्य प्रायोजकमा रहेको गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल मुकुन्द तिमिल्सिनाले ५० हजारको चेक हस्तान्त्रण गरे । खेलाडीहरुलाई जर्सी वितरण गर्दै बिदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्