सरकारले कृषि क्षेत्रको विकासमा ध्यान दिएन- कांग्रेस नेता डा. कोइराला

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा.शशांक कोइरालाले देश विकासको आधार कृषि क्षेत्र भएपनि त्यसले प्राथमिकता नपाउदा परनिर्भता बढ्दै गएको बताउनु भएको छ । नेपाली कांग्रेस दाङ प्रतिनिधि सभा क्षेत्र नं. १ को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकलाई बनाउन हाईड्रो पावरमा लगानी बढाउनुपर्ने, पर्यटन क्षेत्रको विकास गर्नुपर्ने र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिनुपर्ने बताउनु भएको हो ।

तर, सरकारले कृषि क्षेत्रको विकासको लागी ध्यान नदिन नसकेको बताउनु भयो । नेपाली काङ्ग्रेस दाङ क्षेत्र -१ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा. कोइरालाले सो कुरा बताउनु भयो ।

पुर्वमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरीले आगामी दिनमा हामीले के गर्ने भन्ने कुराको विश्लेषण गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । अहिले पार्टी भित्र परिवर्तनको आवश्यकता भएको नेता गिरीको भनाई छ । पार्टीलाई सुदृढीकरण गराउन सबै लाग्नु पर्छ ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरी, नेपाल शिक्षक संघ राप्ती गाउँपालिकाका अध्यक्ष मंगल प्रसाद चौधरी, गढवा गाउँपालिका-४ का वडा सभापति प्रदीप केसी, लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी, राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेश अधिकारी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवि यादव, महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्मा, मधु न्यौपाने, नेपाली काङ्ग्रेस जिल्ला सचिव अर्जुन योगी, गिरिजादेवी न्यौपाने, महासमिति सदस्य जानकीलाल बस्नेत, प्रदेश सदस्य देवनारायण चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी, लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन, केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी लगायतले बोल्नु भएको थियो ।

नेपाली काङ्ग्रेस दाङ -१ का सभापति भेषराज पाण्डेको सभापतित्व तथा काङ्ग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभापति दिनेश गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव हरिहर शर्मा घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्