आठ किलो बढी सुन सहित २ भारतीय नागरिक पक्रन सफल ‘एसपी खड्का’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ आश्विन २०८१, शनिबार
2 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठुलो सफलता हात पारेको छ । प्रहरी आज मात्र अबैध ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम सुन सहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त सुन नियन्त्रणमा लिएको हो । यो विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरिसकेको छ ।

आज बिहान करिब ३ बजेको समयमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सुन बरामद गरेको एसपी खड्काले जानकारी दिनु भयो ।

एसपी खड्काले दिएको जानकारी अनुसार उनीहरु जनकपुरबाट पथलैया आएको र त्यहाँबाट काठमाण्डौ जाने तयारी समेत रहेको थियो । यी गिरोहहरुले यस अघि पनि भारतबाट २ किलो सुन काठमाण्डौ लागिसकेको सोधपुछका क्रममा उनीहरुले बताएका छन । यसरी अबैध रुपमा सुन ओसारपसार गर्ने गिरोहको काठमाण्डौको गौशाला केन्द्रविन्दु रहेको बताईएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य संगाली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ सोहि ठाउँ निवासी वर्ष २७ का राहुल बाडल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो । एसपी खड्का जिल्ला प्रहरी कार्यालय मकवानपुरको कमाण्ड सम्हालेको एक हप्ता नपुग्दै यति ठुलो परिमाणमा अबैध सुन नियन्त्रण लिन सफल हुनु भएको छ ।

उहाँ प्रहरी वृत्त बालाजुमा हुँदा मोटर साइकलको साइलेन्सरमा लुकाएर लैजादै गरेको अवस्थामा १७ किलो सुन नियन्त्रणमा लिनु भएको थियो । जिप्रका मकवानपुर पुगेको तीन दिन अगाडी झन्डै आधा किलो सुन नियन्त्रणमा लिनु भयो, त्यसै गरि हेटौँडाबाट १०७ किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित २४ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिन सफल हुनु भएको छ ।

आज एसपी खड्काको नेतृत्वमा बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा हुन आउदछ । आज पक्राउ परेका भारतीय नागरिकले कम्मर र जुत्तामा सुन लुकाएर लैजान लागेका थिए, हामीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई नियन्त्रमा लिएका हौँ’- एसपी खड्काले भन्नु भयो ।

पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखी थप अनुसन्धान भई रहेको एसपी खड्काको भनाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्