७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा सहित २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका -.९ निवासी २० वर्षीय मिलन घलान र सोही ठाउँ निवासी २६ वर्षीय दावा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

पक्राउ परेका घलान र थिङ सहित लागूऔषध, पिकअप गाडीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रत्येक दिन अपराध कार्यमा संलग्नलाई भटाभट पक्राउ गर्दै कारबाही गर्दै आएको छ ।

यहि कार्तिक १० गते बिहान साढे बाह्र बजेको समयमा विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका – १९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्