दाङ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीगत गुट न्यूनीकरण गर्नु पर्ने बताउनु भयो । नेपाली काङ्ग्रेस लमही नगर कार्यसमितिले आज बिहिबार लमहीमा आयोजना गरेको नेपाली कांग्रेसको एक सय दिने विशेष अभियानलाई सम्बोधन गर्दै नेता रसाइलीले काङ्ग्रेस बलियो गराउन सोच, बिचार, व्यवहार र सिद्धान्तमा पनि परिवर्तन गराउन आवश्यक छ”- उहाँले भन्नू भयो । पार्टी भित्र मौलाउदै गएको अराजक र अनुशासनहिनलाई पनि काबुमा राख्न सबैमा अपिल गर्नु भएको छ ।
लोकसेवाबाट आएको जस्तो व्यवहार कार्यकर्तालाई सह्य हुँदैन, जनताको समृद्ध पूरा गर्ने पार्टी नै नेपाली काङ्ग्रेस भएको केन्द्रीय सदस्य रसाइलीको भनाइ छ । सो क्रममा नेता रसाइलीले पार्टीको आन्तरिक विषयमा कसरी सुदृढीकरण गर्ने भन्ने उदेश्यका साथ यो कार्यक्रमको तय भएको बताउनु भयो । पार्टीका कार्यकर्ताहरुमा किन यसरी निरासपन छ अहिलेको मुल विषय यहि हो र यो विषयको समाधान खोजिनु पर्ने उहाँको भनाई छ ।
नेपाली काङ्ग्रेस दाङका सभापति तथा विशिष्ट अतिथी शंकर प्रसाद डाँगीले पार्टीका हरेक क्रियाकलापमा सबै सक्रिय रहनु पर्ने बताउनु भयो । यो वा त्यो नभनेर सबैले काङ्ग्रेसका निम्ति दत्तचित्त भएर खटिनु पर्ने उहाँको धारणा छ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले पार्टीलाई बलियो बनाउनु मुख्य कुरा भएको बताउनु भयो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपिको विचारलाई पछ्याएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
लमही नगरपालिका -५ का स्थानीय लिल बहादुर रोकाले निर्वाचनका बेला मात्र नेताहरु गाउँघरमा घुम्न आउने त्यस बाहेक कहिले सम्पर्कमा नआउने गरेको बताउनु भयो । जनताको आशा अपेक्षाहरु थोरैभएपनी पूरा गर्ने तिर जनप्रतिनिधिहरुको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
लमही नगरपालिका- ४ का वडा सभापति मणिराम चौधरीले सदस्यता नवीकरण अहिलेको अप्ठ्यारो विषय बनेको बताउनु भएको छ । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति रवि श्रेष्ठ २ सय ३२ मध्य १ सय ६६ जनाले मात्र सदस्य नविकरण गरेको बताउनु भयो । वडा नम्बर ३ मा १ सय ७८ जना मध्य १ सय ५४ जनाले नविकरण गरेको क्रियाशिल सदस्य सुलोचना गिरीले बताउनु भयो ।
वडा नम्बर ७ मा १ सय ७ जना मध्य ९६ जनाले मात्र नविकरण गराएको वडा सभापति प्रेम चौधरीले जानकारी दिनु भयो । ग्रामीण स्तरका विकासलाई तत्काल सम्बोधन गर्नु पर्ने सुझाव दिनु भएको छ । वडा नम्बर ८ मा १ सय २१ जना मध्य ७५ जनाले सदस्यता नविकरण गरेको वडा सभापति यादव योगीले जानकारी दिनु भयो । लमही नगरपालिका -७ की दिल कुमारी चौधरीले स्थानीय कार्यकर्ताका समस्या समाधान हुन नसकेको बताउनु भयो ।
नेपाली काङ्ग्रेस लमही नगर कार्यसमितिका उपसभापति जग नारायण चौधरीको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय उपसभापति दिनेश गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नगर सचिव प्रेम कालाथोकीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्