देशको समग्र विकासमा नेपाली कांग्रेस अग्रपंक्तीमा छ – महासमिति सदस्य न्यौपाने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ माघ २०८१, शनिबार
3 Min Read
Aa

दाङ – नेपाली कांग्रेस महासमिति सदस्य गिरिजादेवी न्यौपानेले देशको समग्र विकासमा नेपाली कांग्रेस सदैव अग्रपंक्तीमा रहेको बताउनु भयो । नेपाली कांग्रेस लमही नगरपालिका-५ ले शनिबार लमहीमा आयोजना गरेको वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य न्यौपानेले पार्टी संगठन कसरी मजबुद बनाउन सकिन्छ भन्ने तिर पनि गम्भीर बन्न सबैलाई सुझाव दिनु भएको छ ।

महासमिति सदस्य न्यौपानेले कांग्रेसलाई जनतासंग जोड्न पार्टीले विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत बताउनु भयो । पार्टीको नवीकरणमा आएको समस्यालाई प्रमुखताका साथ् लिएर कार्यकर्ताको घरदैलोमा पुग्नु पर्ने उहाँको भनाई छ ।

त्यसैगरी जिल्ला सदस्य लीलाराम खनालले कार्यकर्ताहरुले इमान्दारीका साथ काम गर्दै जानेहो भने पार्टी बलियो हुने र जनताको पनि विश्वास रहने बताउनु भयो । त्यसैगरी अर्का जिल्ला सदस्य पार्वती थापाले पार्टीमा सक्रिय र इमान्दार कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्ने, विकास निर्माणमा पार्टी संगठन परिचालन गरिनुपर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कुमार घिमिरे र विना न्यौपाने भुसालले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि पार्टीका नेताहरुको भूमिका महत्वपूर्ण हुनु पर्ने बताउनु भयो ।

त्यसैगरी नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सहसचिव प्रकाश जिसीले कार्यकर्ता र काङ्ग्रेसको सम्बन्ध नङ मासु जस्तै बनाउन अनिवार्य रहेको बताउनु भयो । काङ्ग्रेस बलियो बनाउन जनताको घरदैलोमा पुग्नै पर्छ, बजारमा बसेर केन्द्रीय तहका नेतालाई गाली गर्दैमा पार्टी बलियो हुँदैन”- जिसीले भन्नू भयो ।

नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान जरुरी रहेको बताउनु भयो । ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो,’ बुढाथोकीले भन्नु भयो, ‘पुरानै शैली र पुरानो सोचले पार्टी नचल्ने उहाँको दावी छ ।

शनिबार सम्पन्न भएको वडा सम्मेलनको समापन गर्दै नेपाली कांग्रेस लमही नगरपालिका-५ का वडा सभापति रवि श्रेठले साङ्गठनिक सुद्धीढीकरण,आन्तरिक एकता र समन्वय, सदस्यता विस्तार तथा नविकरण, समसामायिक राजनीतिकि प्रशिक्षण, स्थानीय तहको विकास, सुशासन पार्दशीता, जनउत्तर दायित्वका सवालका बारेमा विमर्श तथा जनता र नेपाली कांग्रेसबीचको अन्तरसम्बन्धका विषयमा सबै जानकार हुनु पर्ने बताउनु भएको छ ।

वडा सभापति रवि श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस महासमिति सदस्य गिरिजादेवी न्यौपानेको प्रमुख आतिथ्यताभएको वडा सम्मेलनमा वडा उपसभापति विमला लम्सालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव कौशल अधिकारीले गर्नु भएको थियो । सो क्रममा छेदुलाल चौधरीले नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्