दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षित व्यक्तिले मात्र समाजलाई सहि दिशातर्फ लैजान सक्ने बताउनु भयो । लमही नगरपालिका-९ स्थित रहेको बगार बाबा माध्यामिक विद्यालय रिहारले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख चौधरीले सो विद्यालयबाट एस एल सी उतिर्ण गरेर जो जहाँ जुन क्षेत्रमा लागेपनि समाजलाई सहि दिशातिर लैजान सहयोग पुग्ने गरि काम गर्न आग्रह गर्नु भयो । सम्मुनत समाजको समग्र विकासमा युवाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भएकोले आगामी दिनमा यस्तै कार्यले निरन्तरता पाओस भन्दै शुभेक्छा प्रकट गर्नु भएको छ ।
सामुदायिक विद्यालयमा दक्ष जनशक्ति उत्पादनमा शिक्षकहरुले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दै नगर प्रमुख चौधरीले लामो समयदेखि निजि स्रोतबाट पठन पाठन गराई रहेको शिक्षकहरुको सेवा सुविधाको लागि स्थानीय सरकारले छिट्टै समस्या समाधान गर्ने समेत विश्वास दिलाउनु भएको छ ।
२०७० सालमा सो विद्यालयबाट एस एल सी उतिर्ण गरेका २२ जना विद्यार्थीहरुले रकम संकलन गरि लामो समयसम्म बगार बाबा माध्यामिक विद्यालयको प्रधानाध्यापक स्वर्गीय श्यामलाल चौधरीको स्मृतिमा विद्यालय प्रवेस गर्ने मुख्य द्वार निर्माण गरेका थिए । तिनै विद्यार्थीलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा सम्मान गरेको विद्यालयका प्रधानाध्यापक यम बहादुर बस्नेतले जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षिका कल्पना गौतमले गर्नु भएको थियो भने शिक्षक व्रिजलाल यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्