दाङ – मकवानपुर प्रहरी जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नमा धेरै कसरत गरि रहेको छ । जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु नेपाल प्रहरीको पहिलो दायित्व र कर्तव्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताउनु भयो ।
एसपी खड्का मकवानपुर पुगे लगत्तै तस्करी नियन्त्रण, फरार अपराधीहरूको खोजी कार्यलाई तीव्रता दिंदै आउनु भएको छ । हामी प्रहरी, संगठनप्रति सकारात्मक सोच राखी आ-आफ्नो पद अनुसारको काम, कर्तव्य र जिम्मेवारी बोध गरी काम गर्न तयार छौं, सेवाग्राहीलाई सेवा सहजताका लागि नागरिकले पनि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु पर्छ’- एसपी खड्काले भन्नु भयो । एसपी खड्का जिल्ला प्रहरी कार्यालय धनुषा बस्दा तोकिएको समय अगावै राजश्व संकलन गरी आफ्नो कार्य कौशलता देखाई सक्नु भएको छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्काले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख भएर त्यहाँ पुगेपछि आपराधिक क्रियाकलाप गर्नेहरुको सातो उडेको छ । आपराधिक गतिविधिलाई पूर्णरुपमा नियन्त्रण गर्नेमा प्रहरी उपरीक्षक खड्का अहोरात्र खटिएर लाग्नु भएको छ । हरेक दिन जसो आपराधिक कार्यमा लागेकाहरुलाई पक्राउ गर्दै कानूनानी कारवाहीका लागि प्रक्रिया अगाडी बढाउदै लग्नु भएको छ ।
नागरिकलाई आपत विपत परेका बेला कार्यालयमा आवश्यक साधन स्रोत सहितको टोली तैनाथ राखी तत्काल खटिदै आएको, कार्यालयमा आउने गुनासो र पीडितको समस्या तत्काल समाधान गर्नेमा आफु सदैव चनाखो रहेको बताउनु हुन्छ । एकाध व्यक्तिका व्यक्तिगत इछ्या पुरा नहुँदा कहिलेकाँही प्रहरीका विरुद्द बोल्दै हिड्ने गरेका कुरा सामाजिक संजालमा आउनु नौलो विषय होइन, हामी ढुक्कका साथ हाम्रो काम कर्तव्य र जिम्मेवारीमा अडिक छौं, नेपाल प्रहरीले गर्ने र दिने सेवा प्रवाह बाहेक अरु कुरामा हाम्रो चासो रहन्न’- उहाँले भन्नु भयो ।
एसपी खड्काले नेतृत्व गरेको मकवानपुर प्रहरीले गरेका काम कर्तव्यहरू हेर्नका लागि “जिल्ला प्रहरी कार्यालय मकवानपुर” को आधिकारिक फेसबुक पेजमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्