दाङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ को बैठक आज शनिबार लमहीमा सम्पन्न भएको छ । संघले यहि फाल्गुन २६ गते वृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीले जानकारी दिनु भयो ।
आज लमहीमा भएको बैठक फाल्गुन २६ गते आयोजना गर्न लागेको वृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको तयारी बैठक हो, कार्यक्रमलाई सफल बनाउन जिम्मेवारी प्रदान गरिएको सभापति रसाइलीले बताउनु भयो । सबैका आ-आफ्नै व्यस्तताका कारण लामो समयदेखि संघको नियमित बैठक हुन नसकेको भन्दै उक्त कार्यक्रम गर्न लागिएको सभापति रसाइलीको भनाई छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपालीले दलित समुदायको उत्थान र एकताका लागि सबै दलितहरू एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ। उहाँले समावेशी विकास र समान अवसर सुनिश्चित गर्न दलित समुदायलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभएको हो।
महाधिवेशन प्रतिनिधि नेपालीले शिक्षा, रोजगारी, तथा सामाजिक सम्मानका लागि स्थानीय पालिकामा दलित समुदायबाट प्रतिनिधित्व बनेर गएका जनप्रतिनिधिले उचित नीति तथा कार्यक्रम ल्याउन स्थानीय सरकारलाई दवाब दिनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपाली, लुम्बिनी प्रदेश प्रतिनिधि श्यामु सुनार, नेपाल दलित संघ दाङका पुर्व जिल्ला उपाध्यक्ष चन्द्र नेपाली, लमही नगरपालिकाका कार्यपालिका सदस्य तुलसा विश्वकर्मा, देवा परियार, वडा सदस्यहरु सुमित्रा विक, सुनमाली सुनार, मन्दिरा रसाइली, निमा सुनार, राधा विक, थमिदेवी सुनार, राजपुर गाउँपालिका कार्यपालिका सदस्य रिता विश्वकर्मा, गढवा गाउँपालिका -५ की दलित महिला सदस्य निर्मला परियार, अमर सुनार लगायतको उपस्थिति रहेको थियो ।
नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्