दाङ – लोकप्रिय गायक तथा सर्जक ज्योति न्यौपानेको नयाँ लोकदोहोरी गीत ‘मनमाया धनमाया’ सार्वजनिक भएसँगै श्रोतामाझ अत्यन्तै लोकप्रिय बन्दै गएको छ। मनछुने शब्द, आकर्षक संगीत, र लोकशैलीको मिठासले भरिएको यो गीतले असंख्य दर्शक-श्रोताको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।
गीतमा गायक ज्योति न्यौपानेको दमदार स्वर रहेको छ भने चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन । गीतको लय / शब्द गायक न्यौपानेको र संगीत संयोजन विवि अनुरागीको रहेको छ। भिडियो निर्माणको उत्कृष्ट संयोजनका कारण गीत अहिले सामाजिक सञ्जाल टिकटकमा धेरैले मन पराउदै आएको देख्न सकिन्छ ।
गीतको म्युजिक भिडियोमा सुरेश कोहली र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ। ग्रामीण भेगको मौलिक प्रेम कथा प्रस्तुत गरिएको भिडियोले गीतलाई झनै मनमोहक बनाएको छ। गीतमा विशेष गरी नेपाली समाजमा प्रचलित प्रेम, समर्पण, र लोकसंस्कृतिलाई झल्काउने प्रयास गरिएको छ।
गीत सार्वजनिक भएलगत्तै श्रोताहरूले अत्यधिक सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको लय, शब्द, र भावले नेपाली लोकसंगीतप्रेमीलाई छुन सफल भएको छ। ‘मनमाया धनमाया’ गीतले लोकदोहोरी विधामा नयाँ उचाइ कायम गर्ने विश्वास लिइएको छ। यदि तपाईंले यो गीत सुन्नु भएको छैन भने, एकपटक सुन्नुहोस् र नेपाली लोकसंगीतको मौलिक स्वादको मजा लिनुहोस । यो गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्