महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि लमही नगरपालिका प्रतिबद्ध छ – प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि लमही नगरपालिका प्रतिबद्ध रहेको बताउँदै, महिला सशक्तीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

साथै, नगरपालिकाले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वमा महिलाहरूको सहभागिता बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा महिला अधिकार र समानताको विषयलाई प्राथमिकतामा राख्न सबैलाई प्रेरित गर्ने विश्वास गरिएको छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरूको हक, अधिकार र समान अवसरको सुनिश्चितता गर्न नगरपालिकाले विभिन्न नीतिगत तथा व्यवहारिक कार्यक्रमहरू अघि बढाउने बताउनुभयो । साथै, महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशीलता कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लैङ्गिक समानतायुक्त नगरपालिका निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्