दाङ – लमही नगरपालिका – ८ ले स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निशुल्क दन्त शिविरको आयोजना गरेको छ । शनिबार आयोजित शिविरमा सयौं सर्वसाधारणले निशुल्क दन्त परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन ।
वडा अध्यक्ष उमेश कुमार खड्काका अनुसार, यस शिविरले आर्थिक रूपमा कमजोर तथा सेवाबाट बञ्चित व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको हो । “स्थानीय बासिन्दाहरूलाई सहज रुपमा दन्त उपचार सेवा दिन सकियो भने आर्थिक रुपले विपन्न भएका मानिसहरुले हाम्रो साथमा राज्य छ है भन्ने कुराको आभाष गरुन भन्ने हो साथै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने आफ्नो योजना भएको वडा अध्यक्ष खड्काको भनाई छ ।
शिविरमा अनुभवी दन्त चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो । स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा आयोजित यस शिविरमा दाँतसम्बन्धी सामान्य परीक्षण, दन्त रोग पहिचान, उपचार तथा मौखिक स्वच्छतासम्बन्धी परामर्श दिइएको थियो । स्थानीय बासिन्दाहरूले वडा कार्यालयको यो प्रयासको प्रसंसा गरेका छन । निम्न आर्थिक अवस्थाका व्यक्तिहरूका लागि यस्तो सेवा निकै लाभदायक भएको र निशुल्क उपचार पाउदा आफुहरु खुशी भएको सहभागीहरुको भनाई छ । “
यस्ता शिविरहरूले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । आयोजकले आगामी दिनमा अन्य स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराउने योजना बनाएको जानकारी दिएको छ ।
निशुल्क दन्त शिविरमा एक सय बढीले सेवा लिए
लमही नगरपालिका- ८ को वडा कार्यालयको आयोजना तथा राप्ती डेन्टल केयर लमहीको प्राविधिक सहयोगमा वडाका एक सय दश जनाले निशुल्क सेवा लिएका छन् । राप्ती डेन्टल केयर लमहीका डाक्टर रोजिना अधिकारीको संयोजनमा राप्ती डेन्टल केयर लमहीका डाक्टर सुदांशु न्यौपाने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डाक्टर निरोज खनाल र डाक्टर आयुष गौतमले विरामीको चेकजाँच गर्नु भएको हो । विरामीलाई राप्ती डेन्टल केयर लमहीका तर्फबाट तीस जना दाँतका विरामीलाई ब्रस, मन्जन, मुख कुल्ला गर्ने झोल औषधी, एन्टिबायोटिक र दुखाई कम गर्ने औषधी निशुल्क वितरण गरिएको छ ।
शिविरमा सहभागी भएकाहरुलाई राप्ती डेन्टल केयर लमहीमा निशुल्क टिकट उपलब्ध गराउने साथै दाँत सफा गर्ने, जरा नशादेखि उपचार गर्ने, सिमेन्ट भर्ने नक्कली दाँत राख्दा वीस प्रतिशत छुटको व्यवस्था गरिने राप्ती डेन्टल केयर लमहीका प्रमुख डाक्टर रोजिना अधिकारीले जानकारी दिनु भयो । आज शनिबार लमही नगरपालिका -८ सतबरियामा आयोजना गरिएको निशुल्क दन्त शिविरमा वीस जनाको विग्रेका, भाँचिएका दाँत फालिएको छ ।
एकैदिनको शिविरमा यतिधेरै दाँतका विरामी भेटिनु जनचेतनाको कमि भएको राप्ती डेन्टल केयर लमहीका प्रमुख डाक्टर रोजिना अधिकारीले बताउनु भयो । महिलाहरुको पाठेघर जस्तै मुख पनि मानिसको संवेदनशील अंग हो भन्ने कुराको ज्ञान नभएकै कारण मुखका विरामी धेरै बढ्ने गरेको उहाँको भनाई छ । ६ / ६ महिनामा दाँत चेकजाँच गर्ने, हरेक तीन महिनामा ब्रस बदल्नु पर्दछ’- डाक्टर अधिकारीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्