अमिलियामा धार्मिक महोत्सव सुरु, धार्मिक कार्यक्रमले समुदायबीचको सम्बन्ध प्रगाढ गर्दछ – वडा अध्यक्ष केसी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका -९ अमिलियामा अमिलिया श्रींगारिक महा आरती धर्म जागरण सप्ताह महोत्सवको शुभारम्भ भएको छ । लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै वडा अध्यक्ष केसीले धर्म र संस्कृतिले मानिसलाई सामाजिक परिधि भित्र बाँधेर राखेको बताउनु भयो । आपसी सद्भाव कायम गर्नुका साथै फरक-फरक समुदायका दाजुभाई आमाबुवालाई पनि एक अर्काको धर्म संस्कृतिलाई इज्यत गर्नु पर्छ भन्ने कुराको ज्ञान प्रदान गर्छ’- वडा अध्यक्ष केसीले भन्नु भयो । यस्ता प्रकारको धार्मिक कार्यक्रमले समुदायहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उहाँको तर्क छ ।

अमिलियामा रहेको शिव मन्दिरमा अक्षयकोष स्थापना तथा समग्र विकासका लागि धर्म जागरण सप्ताहको आयोजना गर्न लागिएको हो । यहि वैशाख १४ गते भव्य रुपमा उद्घाटन गर्ने भएकोले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नगरबासीलाई आयोजकले अनुरोध गरेको छ । यहि वैशाख १४ गतेदेखि वैशाख २० गतेसम्म अमिलिया श्रींगारिक महा आरती धर्म जागरण सप्ताह महोत्सव संचालन हुने छ ।

धार्मिक आस्था र सांस्कृतिक समृद्धिको साझा उदेश्यले आयोजना गरिएको महोत्सवमा हजारौं श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा राखिएको छ । सात दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न धार्मिक प्रवचन, भजनकीर्तन, हवन–पूजन र विशेष आरती कार्यक्रमहरु आयोजना गरिने छ । प्रत्येक दिन विभिन्न विषयमा धर्मगुरुहरूले प्रवचन दिने, जसले उपस्थित भक्तजनहरूलाई आध्यात्मिक ऊर्जा र धार्मिक चेतनामा थप जागरण आउने विश्वास छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा गरिएको श्रींगारिक महा आरतीले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो । स्थानीय समुदायको सक्रियता र एकता झल्किने गरी महोत्सवको आयोजना गरिएको हो । महिलाहरू, युवाहरू र जेष्ठ नागरिकहरूको समेत उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा भव्य झाँकी, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।

झाँकी टोली सहित अमिलिया बजार परिक्रमा गरिएको थियो । सात दिन सम्म चल्ने धार्मिक महोत्सवको मुख्य कथा वाचकमा आचार्य ऋषिकेश उपाध्याय जी महाराज रहनु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्