मकवानपुर जिल्लाका विभिन्न स्थानबाट फरक फरक कसुरमा केहि व्यक्ति पक्राउ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ बैशाख २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुर जिल्लाका विभिन्न स्थानबाट फरक फरक कसुरमा केहि व्यक्ति पक्राउ गरेको छ । मकवानपुर प्रहरीले हरेक दिनहुँ जसो अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ०२ शिखरकटेरी स्थित कान्तिलोकपथ सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. ०८ बस्ने वर्ष २५ को बिजय थापा र जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ०७ बस्ने वर्ष ३५ को सुनिल बोम्जनलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले २ किलो ५३० ग्राम लागूऔषध गाँजा सहित नियन्त्रणमा ल्याएको हो ।

त्यसैगरी रौतहट मौलापुर न.पा. वडा नं. ०९ बस्ने वर्ष ३२ को सुनिल सिंह पटेललाई ठुलो मात्रामा लागुऔषध नाईट्राभेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भयो । त्यस्तै ९३ हजार नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला धादिङ गंगाजमुना गा.पा. वडा नं. ०२ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारी रहेको प्रवक्ता अर्यालले जानकारी दिनु भयो । पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्