अपराध न्यूनीकरणमा मकवानपुर प्रहरीको सक्रियता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ बैशाख २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – मकवानपुर जिल्ला लागूऔषध ओसारपसारका लागि प्रयोग हुने प्रमुख मार्गमध्ये एक भएको भन्दै सुरक्षा निकायले विशेष निगरानी राख्दै आएको छ। अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्व प्रहरी उपरीक्षक विश्वराज खड्काले सम्हाल्नु भएको छ । प्रहरी अधिकृतहरुमा खड्का योग्य र सक्षम प्रहरी अधिकृत हुनुहुन्छ । जिल्लाको शान्ति, सुरक्षा र अमनचयन स्थापित गर्न प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले निरन्तर भरपूर प्रयास गर्दै आउनु भएको छ ।

जिल्लालाई अपराध मुक्त जिल्ला बनाउनका लागि जिप्रका मकवानपुरको मातहतमा रहेका सबै प्रहरी युनिटले राम्रो काम गर्दै आएको प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काको भनाई छ । सबै युनिटसंग सहकार्य समन्वय बलियो छ जसले गर्दा काम गर्न सहज छ’-खड्काले भन्नु भयो ।

मकवानपुर प्रहरीले धेरै राम्रा कार्यहरू गर्दै आएको छ । अपराध नियन्त्रणमा सक्रियता देखाएको छ । आपराधिक क्रियाकलाप नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । लागूऔषध कारोबार, जुवा, चोरी, कुटपिट, ठगी लगायतका घटनामा संलग्न व्यक्तिहरूलाई समयमै पक्राउ गरेर कानुनी कारबाही गरिँदै आएको छ ।

शान्ति सुरक्षा कायम राख्न जनसहभागितामा जोड दिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी र स्थानीयबासिबीच सहकार्यलाई प्रोत्साहन गर्दै शान्ति सुरक्षा कायम राख्ने प्रयास गरिएको छ । विद्यालय, टोल र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

लागूऔषध नियन्त्रणमा निकै मेहनत गरेको छ । विशेष गरी युवाहरूमाझ फैलिएको लागूऔषध समस्यालाई नियन्त्रण गर्न मकवानपुर प्रहरीले छापा, अनुगमन र नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । लागूऔषध कारोबारमा संलग्न धेरै अभियुक्त पक्राउ परेका छन ।

त्यसैगरी ट्राफिक व्यवस्थापनमा सुधार गरेको छ । हेटौंडा लगायतका शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने प्रयासस्वरूप सवारी चेकजाँच, हेलमेट अनिवार्य जस्ता अभियान सञ्चालन गरिएका छन ।

हराएका व्यक्तिहरूको उद्धार गर्दै आएको छ । प्रहरीले हराएका बालबालिका, मानसिक असन्तुलन भएका व्यक्ति तथा वृद्धवृद्धाहरूको खोजी र उद्धारमा पनि सकारात्मक पहल गरेको छ । परिवारहरूसम्म पु¥याउने काममा मानवता देखिएको छ ।

डिजिटल सचेतना र साइबर अपराध नियन्त्रणमा पनि मकवानपुर प्रहरीले गाम्भिर्यताका साथ काम गर्दै आएको छ । सामाजिक सञ्जालमा बढ्दो साइबर अपराध र ठगीसम्बन्धी घटनाहरूलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमसहित निगरानी र अनुसन्धानलाई बलियो बनाइएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्