लमहीको सुनडबरीमा पशु उपशाखा केन्द्रको उद्घाटन, अब कृषकलाई लमही धाउनु नपर्ने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ जेष्ठ २०८२, मंगलवार
4 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर १, २ र ३ का पशुपालक कृषकहरूका लागि अब पशुसेवा लिन लमही बजारसम्म धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले लमही नगरपालिकाले आज मंगलबार वडा नं. १ मा पशु उपशाखा केन्द्रको औपचारिक शुभारम्भ गरेको हो ।

एक विशेष कार्यक्रमका बीच नगर प्रमुख जोगराज चौधरीले उपशाखा केन्द्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले स्थानीय कृषकहरूलाई सहज, प्रभावकारी तथा समयमै सेवा पुर्‍याउने लक्ष्यसहित उपशाखाको स्थापना गरिएको बताए । “अब कृषकहरू लमहीसम्म आउनुपर्ने झन्झटबाट मुक्त हुनेछन्,” उनले भने, “हामी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ ।”

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कृषकको पक्षमा बोल्दै यस्तो व्यवस्था “सेवा सन्तुष्टि” को उत्कृष्ट उदाहरण भएको बताए। उनका अनुसार, कृषकले जब सेवा आफैँको गाउँघरमै प्राप्त गर्छन्, त्यो मात्र सेवा पुर्‍याउनु होइन, उनीहरूको मनोबल र आत्मबल दुवैलाई बढाउने काम हो।

लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले सुनडबरीमा उपशाखा भए पनि यहाँको सेवा क्षेत्र धेरै व्यापक छ। वडा नं. १, २ र ३ का कृषकलाई एक जना प्राविधिकले सम्हाल्न कठिन हुन सक्छ। सेवा प्रभावकारी बनाउने हो भने प्राविधिक संख्या वृद्धि गर्न आवश्यक छ।” अध्यक्ष पौडेलको भनाइले पशु उपशाखा केन्द्रको दिगोपन र कार्यक्षमता सुधारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ। उनले नगरपालिकालाई थप स्रोत साधन व्यवस्थापन गर्न अनुरोध समेत गरे ।

लमही नगरपालिका – ३ का वडा अध्यक्षले मनोज कुमार चौधरीले भने, “हाम्रा किसानहरू साना-साना समस्या लिएर लमही बजार धाउँथे । अब सेवा आफ्नै वडामा उपलब्ध भएपछि उनीहरूलाई समय र खर्च दुबै बचत हुनेछ। यो उपशाखा पशुपालक कृषकका लागि एक सुनौलो अवसर हो ।”

त्यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले भने, “पशुपालन क्षेत्रलाई व्यवस्थित गर्न, आधुनिक सेवा पुर्‍याउन र स्थानीय उत्पादन बढाउन यस्तो सेवा केन्द्र निकै उपयोगी हुन्छ। हामी वडा स्तरमै यस्ता सेवाहरू विस्तार हुने अपेक्षा गर्छौँ ।” लमही नगरपालिका – ३ का वडा अध्यक्षले मनोज कुमार चौधरीले भने, “हाम्रा किसानहरू साना-साना समस्या लिएर लमही बजार धाउँथे । अब सेवा आफ्नै वडामा उपलब्ध भएपछि उनीहरूलाई समय र खर्च दुबै बचत हुनेछ। यो उपशाखा पशुपालक कृषकका लागि एक सुनौलो अवसर हो ।”

त्यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले भने, “पशुपालन क्षेत्रलाई व्यवस्थित गर्न, आधुनिक सेवा पुर्‍याउन र स्थानीय उत्पादन बढाउन यस्तो सेवा केन्द्र निकै उपयोगी हुन्छ। हामी वडा स्तरमै यस्ता सेवाहरू विस्तार हुने अपेक्षा गर्छौँ ।”

लमही नगरपालिका पशु शाखा प्रमुख शिवराज न्यौपानेले विकास र सेवा दुबैलाई जनताको घरदैलोमै पुर्‍याउने अवधारणालाई प्राथमिकता दिएको बताए । कृषकले गाउँमै पशु सेवा पाउनु सेवा सन्तुष्टिको प्रमाण हो। यसले उनीहरूलाई आफ्नो व्यवसायमा थप प्रेरणा मिल्नेछ, जुन दीगो विकासतर्फको एउटा पाइलासमेत हो।” न्यौपानेले भने ।

उक्त पशु उपशाखा केन्द्रमा हाल एक जना प्राविधिक खटाइएको छ, जसले पशुपालनसम्बन्धी स्वास्थ्य सेवा, परामर्श, औषधि वितरण, कृत्रिम गर्भाधान जस्ता सेवा उपलब्ध गराउने छन् । स्थानीय कृषकहरूले केन्द्रको स्थापना भएकोमा खुसी व्यक्त गर्दै यसले आफ्ना पशुको उपचार तथा समग्र पशुपालन व्यवसायलाई थप सहज बनाउने विश्वास व्यक्त गरेका छन्।

यस पहलमार्फत नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनशीलता वृद्धि गर्न र ग्रामीण अर्थतन्त्रलाई मजबुत पार्ने लक्ष्य राखेको जनाइएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्