राप्ती राजमार्गको राम्री–कपुरकोट खण्डमा पहिरो, यातायात अवरुद्ध

दाङ समाचार
दाङ समाचार ३१ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – राप्ती राजमार्ग अन्तर्गत राम्री–कपुरकोट सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय दाङका अनुसार राति खसेको पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको छ र सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको छ ।

केही दिनअघि पनि यही स्थानमा पहिरो खसेर यातायात बन्द भएको थियो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजनका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताए । उनले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्