स्व. सुजेन्द्र बहादुर अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति – महासमिति सदस्य बस्नेत

दाङ समाचार
दाङ समाचार ३१ श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतले स्व. सुजेन्द्र बहादुर अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन । स्वर्गीय अधिकारी नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन ।

नेपाली कांग्रेस लमही नगरपालिका–९ को वडा समितिले शुक्रबार लमही –९ तेलियामा आयोजना गरेको शोकसभा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले अधिकारीलाई पार्टीका बफादार कार्यकर्ता, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा स्मरण गरे ।

बस्नेतले पार्टी र समाजप्रति अधिकारीले गरेको योगदानको प्रशंसा गर्दै भने, “उनको निधनले कांग्रेस परिवार मात्र होइन, सम्पूर्ण समाज नै शोकमा डुबेको छ ।”

शोकसभामा नेपाली कांग्रेसका दाङ जिल्ला सदस्य पूर्ण बहादुर बस्नेतले अधिकारीको आकस्मिक निधनले स्थानीय राजनीतिको एक सक्रिय र प्रेरणादायी व्यक्तित्व गुमाएको बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर प्रदेश १ ख का सचिव लालवीर खड्काले स्वर्गीय अधिकारी सादगीपूर्ण जीवन, सहज व्यवहार र संगठनप्रतिको समर्पणका कारण उनी गाउँ–घरमा अग्रणी व्यक्तित्वका रूपमा परिचित भएको बताए । अन्य वक्ताहरूले पनि अधिकारीको योगदान र व्यक्तित्वको चर्चा गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

कार्यक्रम वडा सभापति लिलाधर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आतिथ्य महासमिति सदस्य जानकीलाल बस्नेत, शोक मन्तव्य नर बहादुर रावतले राखेका थिए भने सञ्चालन वडा सचिव नवराज वलीले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्