रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०८२, आईतवार
0 Min Read
Aa

रौतहट – रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सुटकेशभित्र एक महिलाको शव फेला परेको छ । शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेशलाई जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीको टोलीले आइतबार बिहान खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो ।

शव कोचेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न बाँकी छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्