देउखुरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

दाङ – देउखुरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गढवा गाउँपालिका-३ धैरेनीका ५५ वर्षीय बल बहादुर थापाको दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गएराति करिब पौने ८ बजे गढवा गाउँपालिका-१ कालाकाटेबाट वडा नम्बर ३ धैरेनीतर्फ गइरहेको रा १ ह ५९२३ नम्बरको अटोलाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्याक्टरले धैरेनीमा ठक्कर दिएको थियो।

दुर्घटनामा अटो चालक लेक बहादुर रोका (३८) र अमर बहादुर नगरकोटी (४२) गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।

मृतक थापाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्