दाङ – गढवा गाउँपालिका–३ धैरेनीमा अटोलाई ठक्कर दिएर फरार रहेका ट्याक्टर चालक पक्राउ परेका छन् । आइतबार राति पौने ८ बजे दुर्घटना गराई फरार भएका राप्ती गाउँपालिका–४ नयाँ गाउँ निवासी २२ वर्षीय निरज चौधरीलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख रकमबहादुर खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई दिउँसो करिब १:३० बजे पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाएको छ ।
प्रहरीका अनुसार ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुई जनाको अवस्था गम्भीर छ, उनिहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ्न । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्