दाङ – सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रुकुम बाफिकोटबाट यात्रु लिएर दाङको घोराहीतर्फ आउँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको भए पनि मृतकको सनाखत भइसकेको छैन । कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार दुर्घटनामा एक पुरुष र एक महिला घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ ।
भण्डारीका अनुसार दुर्घटना आइतबार बिहान करिब सवा ४ बजे भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप विवरण संकलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्