अर्घाखाँचीमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १३ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

दाङ – अर्घाखाँचीमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटनाग्रस्त भएको हो । गाडीमा करिब २५–२६ जना यात्रु रहेको अनुमान गरिएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी र स्थानीयवासीले तत्काल उद्धार कार्य थालेका थिए । घाइते यात्रुहरूलाई उपचारका लागि अर्घाखाँची अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्