दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते

दाङ समाचार
दाङ समाचार १४ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका – १ नर्तिचोकस्थित पुर्ब–पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । मंगलबार साँझ करिब ८ बजे भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ६५ प ९४३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प २६८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लमही नगरपालिका–२ बनकट्टा बस्ने ४० वर्षीय खुम प्रसाद चौधरी र रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बस्ने २२ वर्षीय अजय लोहार घाइते भएका छन् । उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्