मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते

दाङ समाचार
दाङ समाचार १५ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

दाङ – देउखुरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। आइतबार बेलुका करिब ५ बजे भे ११ प ३१८५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

घाइते हुनेमा गढवा गाउँपालिका–२ पचहियाका २३ वर्षीय सञ्जीव चौधरी, गढवा गाउँपालिका–१ पत्रिङ्गाका २४ वर्षीय निश्चल बुढाथोकी र प्युठान नगरपालिका–३ विजय नगरका ४९ वर्षीय रामबहादुर कुमाल रहेका छन्।

उनीहरुको प्रारम्भिक उपचार लमही अस्पतालमा गरिएको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्