तातो पानी शरीरमा पोखिंदा ६ वर्षीया बालिका गम्भीर घाइते

दाङ समाचार
दाङ समाचार २२ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

दाङ – गढवा गाउँपालिका – ५ बाँकी निवासी ६ वर्षीया संगीता चौधरी थारु कुमाल तातो पानी शरीरमा खनिएर गम्भीर घाइते भएकी छन्। आज अपराह्न ३ बजेतिर घरभित्र तातो पानी लिएर आउँदै गरेकी हजुरआमासँग ठोक्किँदा भाँडामा रहेको तातो पानी बालिकाको शरीरमा पोखिएको परिवारजनले बताएका छन ।

बालिकाकी आमा लक्ष्मी कुमारी चौधरी थारु कुमालका अनुसार घटनापछि तत्कालै बालिकालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि गढवा गाउँपालिका – ५ का वडा अध्यक्ष लेखबहादुर थापाको पहलमा वडा कार्यालयकै एम्बुलेन्समार्फत थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको हो ।

आर्थिक अवस्था कमजोर रहेका संगीता चौधरीको परिवार गढवा – ५ बाँकीस्थित सुकुम्बासी भवानी शिविरमा बसोबास गर्दै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्