लमही उपप्रमुख योगीद्वारा अस्पताल निरीक्षण, सेवा प्रवाहमा सुधार गर्न निर्देशन

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले लमही अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न निर्देशन दिनुभएको छ ।

आज लमही अस्पताल पुगेर सेवा स्थिति बुझ्दै उपप्रमुख योगीले आम सर्वसाधारणले सहज तरिकाले स्वास्थ्य सेवा पाउने वातावरण बनाउन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । उहाँले हाल अस्पतालबारे विभिन्न टिकाटिप्पणीहरू आइरहेको उल्लेख गर्दै ती टिप्पणीहरूको जवाफ सेवा प्रवाहमार्फत दिनुपर्ने बताउनुभयो ।

“कत्तिपनि विचलित नबनी बिरामीको सेवा गर्नुहोस्, स्थानीय सरकार तपाईंहरूको साथमा छ,” उपप्रमुख योगीले अस्पतालका स्वास्थ्यकर्मीहरूलाई भन्नुभयो । उहाँले केही तत्वहरू लमही अस्पताल र लमही नगरपालिकालाई बदनाम गर्ने उद्देश्यले सक्रिय रहेको आरोप लगाउँदै यस्ता भ्रामक प्रचारमा नलाग्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

निरीक्षणका क्रममा उपप्रमुख योगीले अस्पतालमा सरसफाइ, औषधि आपूर्ति, बिरामीको सेवा सुविधा लगायतका पक्षबारे पनि जानकारी लिनुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्