भूमिहीन र सुकुम्बासीको समस्या समाधानतर्फ लमही नगर प्रमुख चौधरीको पहल

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका प्रमुख जोगराज चौधरीले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका कामलाई अगाडि बढाउन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले कुन–कुन वडामा के–कति काम भएको छ भन्ने बारेमा समेत भूमि शाखाबाट विस्तृत जानकारी लिने काम गर्नुभएको छ ।

सर्वोच्च अदालतले भूमी आयोग र त्यसका जिल्ला समितिहरू खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि नगर प्रमुख चौधरीले यस विषयमा चासो देखाउनुभएको हो ।

यस्तै, केही समयअघि अफ्रिकी स्वाइन फ्लूबाट किसानले भोग्नुपरेको क्षतिबारे पनि उहाँले पशु शाखाबाट जानकारी लिनुभएको छ । सो अवसरमा नगर प्रमुख चौधरीले किसानलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा कार्यपालिकाबाट आवश्यक निर्णयमार्फत समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्