नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी काफ्लेलाई

दाङ समाचार
दाङ समाचार १९ कार्तिक २०८२, मंगलवार
0 Min Read
Aa

दाङ – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

यसअघिका डीआईजी विनोद घिमिरेको सरुवा भएपछि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो । सरकारले सोमबार मात्रै पाँच जना डीआईजी बढुवा गरेको थियो भने अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्