दाङ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङको २३ औं साधारणसभा तथा नवौं अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता एवं संस्कृतिविद् डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा आचार्यले प्रतिष्ठानले नेपाली लोक संगीतको विस्तार, संरक्षण र सहयोग गर्नका लागि स्थापना भएको बताउनुभयो । ‘नेपालीमा थुप्रै भाषाभाषी छन् त्यसलाई यसले सम्बोधन गरेको हुनुपर्छ’– प्रमुख अतिथि डा. आचार्यले भन्नुभयो– ‘लोक दोहारी गीतमा भाषा प्रयोगको विषयमा कैयँंै विरोध आइरहेका छन् । त्यसमा पनि यसले भूमिका खेल्नुपर्छ ।’
सो अवसरमा संस्थागततर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङका महिला उपाध्यक्ष विमला खड्का, प्रेस संयोजक हेमराज नेपाली, कार्य समिति सदस्यहरु राजेन्द्र चौधरी र राजमान खत्री सम्मानित हुनुभएको थियो । यसैगरी जोडी स्रष्टा सम्मानमा राजेन्द्र श्रेष्ठ र श्रीमती मंगला श्रेष्ठ, रामहरि रिजाल र श्रीमती अम्बिका रिजाललाई पनि सम्मान गरिएको थियो ।
यसैगरी विभिन्न स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो । स्रष्टाहरु केशवराज वली, यादवनाथ योगी, चामबहादुर विक, बच्चु कैलाश, गणेश गन्धर्व, लक्ष्मीमान चौधरी, वसन्त राठोर, दण्डपाणि पाण्डे, कमल गाउँले, हुमबहादुर डाँगी, टेमन बुढा, विनोदकुमार गौतम, यज्ञश्वर बस्नेत, पूर्ण पुन, केशव बस्नेत, तेजजंग थापालाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा ग्यालेक्सी एकेडेमी घोराही र सगरमाथा स्कुल तुलसीपुरलाई प्रशंसापत्र प्रदान गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङका सल्लाहकारहरु गिरिराज सुवेदी, महेन्द्र बुढाथोकी, खड्गबहादुर बुढाथोकी र धु्रवराज श्रेष्ठ भारीलाई कदरपत्रले सम्मान गरिएको थियो । सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सह सचिव अधिवेशन प्रतिनिधि सीता राना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखा सल्लाहकार गिरिराज सुवेदी, सम्मानितहरुको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित व्यक्तित्वको परिचय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाका पूर्वअध्यक्ष गजेन्द्र बहकरीले गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शाखा उपाध्यक्ष विमला खड्काले र सञ्चालन शाखा सचिव शिवराज बस्नेतले गर्नुभएको थियो ।
प्रतिष्ठानको अध्यक्षमा खड्का
प्रतिष्ठानको शाखा अध्यक्षमा विमला खड्का सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार अधिकारी, उपाध्यक्ष शिवराज बस्नेत, महिला उपाध्यक्ष शान्ता वली, सचिव राजमान खत्री, सहसचिव वेदलाल पुन, कोषाध्यक्ष चाहना झाँक्री र सहकोषाध्यक्षमा रचना चौधरी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा राजेन्द्र चौधरी, दिनेश शर्मा, मनोज रसाइली, नारायण आचार्य, राजु नेपाली, जीवन पुन, देवकुमारी खत्री, सीता भण्डारी, सीता थापा, अमृत विश्वकर्मा र कालिका राना मगर चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्