दाङ – गढवा गाउँपालिका वडा नं. ५ चैनपुरमा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्थाको आयोजनामा एक दिने भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी प्रमुख अतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल र ५ नं. वडा अध्यक्ष लेख बहादुर थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
सदस्य मीना गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेप बहादुर चौधरी, निर्मल चौधरी, भीमकान्त चौधरी र मीना गिरीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
४४ जनाको सहभागिता रहेको अभिमुखीकरणमा आवास निर्माण तथा प्राविधिक पक्षका विविध विषयमा इन्जिनियर आशिक चौधरीले समेत महत्वपूर्ण जानकारी गराउनुभएको आयोजकले जनाएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्