दाङ – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष बयान दिन जाने भएका छन । उनले आफू पुस १४ गते सोमबार बयानका लागि जाने बताएका हुन ।
कांग्रेस पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बयानका लागि जाने जानकारी गराएका हुन । आयोगले आफूलाई शुक्रबारका लागि बयानमा बोलाएको र आफूले सोमबार आउँछु भनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्