दाङ – सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको कार लमहीमा दुर्घटनाग्रस्त भएको छ । प्रदेश ३–६१४३ नम्बरको कार अनियन्त्रित भई लमही बजारदेखि केही पूर्वतर्फ रहेको खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका – ४ निवासी ३८ वर्षीय सुरज थापा र सोही स्थानका ४३ वर्षीय कार चालक गगनबहादुर थापा घाइते भएका छन । घाइते दुवैको हाल लमही अस्पतालमा उपचार पश्चात थप उपचारका लागि अन्यत्र रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्