दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले थारु समुदायको महान चाड माघी पर्वको अवसरमा नगरबासी तथा सम्पूर्ण थारु समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत प्रमुख चौधरीले माघी पर्वले थारु समुदायको मौलिक संस्कार, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले माघीले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
प्रमुख चौधरीले परम्परागत चाडपर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने भन्दै यस्ता पर्वको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले माघी पर्वले नयाँ वर्षको सुरुवातसँगै नयाँ आशा, उत्साह र सकारात्मक सोचको सन्देश बोकेको बताउनुभयो ।
प्रमुख चौधरीले माघी पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गर्दै सबै नगरबासीको निरन्तर सहयोग र सहकार्यले लमही नगरपालिकाको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्