दाङ – देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -५ कोलही निवासी २२ वर्षिय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिका -७ को नयाँ वस्ती नजिक दुर्घटना भएको हो ।
लमही बाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बस र रिहारदेखी लमही तर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको वुलेट (मोटरसाइकल ) एक आपसमा झुधेका थिए । यो घटना करिब ५:३० बजेतिरको हो ।
बसमा सवार रहेका राप्ती गाउँपालिका-४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा विशाल संगै सवार लमही नगरपालिका -५ कोलही निवासी असोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्