ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार ५ माघ २०८२, आईतवार
1 Min Read
Aa

दाङ – चर्को आवाज निकाल्दै चलाइएका (ध्वनि प्रदूषण गर्ने) मोटरसाइकलहरू नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय लमहीले कडाइ थालेको छ । सोही क्रममा प्रहरीले ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार हाल पनि त्यस्ता खालका केही मोटरसाइकलहरू लमही क्षेत्रमा सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ र ती मोटरसाइकलको खोजी कार्य जारी छ ।

चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण लमही बजार क्षेत्रमा अत्यधिक कोलाहल मच्चिनुका साथै सर्वसाधारणलाई असहज र डिस्टर्ब हुने समस्या देखिएकोले ती मोटरसाइकलहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्