सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु

दाङ समाचार
दाङ समाचार ६ माघ २०८२, सोमबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा एक जना मजदुरको ज्यान गएको छ । काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरी रहेका छन् । सोही घटनामा लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् ।

घाइते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्