लमही नगरपालिकाले बजार अनुगमन तीव्र बनायो

दाङ समाचार
दाङ समाचार २६ माघ २०८२, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बजार अनुगमनको कार्यलाई तीव्रता दिएको छ । शाखाले नगरभित्र सञ्चालनमा रहेका व्यवसायीहरूले व्यवसाय दर्ता तथा नवीकरण गरे–नगरेको विषयमा केन्द्रित हुँदै नियमित अनुगमन गरिरहेको छ ।

दर्ता तथा नवीकरण नगरेका पसल सञ्चालकलाई तत्काल व्यवसाय दर्ता गर्न तथा नवीकरण गर्न सुझाव दिइएको शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज मात्र करिब ९० वटा पसलमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा पसलहरूको दर्ता स्थिति, मूल्यसूची, सरसफाइ तथा उपभोक्तामैत्री व्यवहारलगायत विषयमा पनि ध्यान दिइएको शाखाले जनाएको छ । आगामी दिनमा पनि यस्तो अनुगमन कार्यलाई निरन्तरता दिइने शाखा प्रमुख न्यौपानेको भनाइ छ ।

संयुक्त रूपमा गरिएको उक्त अनुगमन कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त भण्डारी, वडा प्रहरी कार्यालय लमहीका प्रतिनिधि, सञ्चारकर्मी तथा लमही नगर प्रहरीको सहभागिता रहेको थियो । नगरपालिकाले बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन यस्ता अनुगमन कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्