राजस्व परामर्श समितिको समीक्षा बैठक सम्पन्न

दाङ समाचार
दाङ समाचार २८ माघ २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका राजस्व परामर्श समितिको समीक्षा बैठक सम्पन्न भएको छ । लमही नगरपालिका, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शको संयुक्त सहभागितामा अनुगमन कार्यलाई अझ सक्रियता पूर्वक अघि बढाउने निर्णय बैठकले गरेको छ ।

नगर स्तरीय राजस्व परामर्श अनुगमन समितिले अबदेखि इटा उद्योग, क्रसर उद्योगजस्ता ठूला उद्योगहरूलाई नियमित रूपमा अनुगमन गर्न समिति आफैँ खटिने निर्णय गरेको छ ।

राजस्व संकलनलाई प्रभावकारी बनाउने र करको दायरा विस्तार गर्ने उद्देश्यले अनुगमनलाई अभियानकै रूपमा सञ्चालन गरिने समितिले जनाएको छ । त्यस्तै हिज बसेको समितिको बैठकले नदिजन्य पदार्थको दोहन तथा उत्खननलाई नियमन र नियन्त्रण गर्न जिल्ला स्तरीय अनुगमन समितिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

राजस्व संकलनतर्फ हेर्दा अघिल्लो आर्थिक वर्षमा २ करोड ४५ लाख ४० हजार रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ करोड ४६ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष १ करोड ३६ हजार रुपैयाँले वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

बैठक लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा राजस्व परामर्श समितिका संयोजक लक्ष्मी योगीको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा राजस्व वृद्धि, अनुगमनको प्रभावकारिता र आगामी रणनीतिबारे समेत छलफल गरिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्