दाङ – ग्याल्पो ल्होसारको पावन अवसरमा जोगराज चौधरीले सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहेका नेपाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत नगर प्रमुख चौधरीले ग्याल्पो ल्होसारले आपसी सद्भाव, भाइचारा र सांस्कृतिक सहिष्णुतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विविध संस्कृति, भाषा र परम्पराले भरिएको नेपाली समाजमा यस्ता पर्वहरूले सामाजिक एकता र मेलमिलापको भावना बढाउने उल्लेख गर्नुभयो ।
नगर प्रमुख चौधरीले ग्याल्पो ल्होसारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै नयाँ वर्षले सकारात्मक सोच र नयाँ उत्साह लिएर आउन प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदानमार्फत ल्होसार पर्वलाई उल्लासपूर्वक मनाउने तयारी गरिएको छ । आज नेपाल सार्वजनिक बिदा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्