कांग्रेस -१ द्वारा राय सुझाव सङ्कलन गर्ने उद्देश्यसहित विशेष अभियानको सुरुवात

दाङ समाचार
दाङ समाचार ८ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

दाङ– नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले क्षेत्रीय विकासका लागि जनस्तरबाट प्रत्यक्ष राय–सुझाव सङ्कलन गर्ने उद्देश्यसहित विशेष अभियानको सुरुवात गरेको छ ।

आजदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत क्यूआर कोड तथा गुगल फारममार्फत सर्वसाधारणका सुझाव लिने व्यवस्था मिलाइएको छ । सम्बन्धित क्यूआर कोड स्क्यान गरेपछि स्वचालित रूपमा लिंक खुल्नेछ र त्यसमार्फत विभिन्न विषयमा आफ्ना धारणा, सल्लाह तथा सुझावहरू पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालि कांग्रेस दाङ -१ का प्रवक्ता अजय न्यौपानेका अनुसार दाङ क्षेत्र नं. १ को समग्र विकास, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी लगायतका विषयमा नागरिकले आफुलाई आवश्यक र महत्वपूर्ण लागेको सुझाव फारममा उल्लेख गर्न सक्नेछन ।

जनस्तरबाट प्राप्त हुने महत्वपूर्ण सुझावहरूलाई प्राथमिकताका आधारमा विश्लेषण गरी कार्ययोजना निर्माण गर्दै क्रमशः कार्यान्वयनतर्फ अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

यस अभियानले विकास प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने तथा स्थानीय आवश्यकताअनुसार योजना तर्जुमा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्