३ करोड बजेट दिएको भन्ने प्रचारप्रति यादव समाज सेवा संघको गम्भीर आपत्ति

दाङ समाचार
दाङ समाचार ९ फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

दाङ – यादव समाज सेवा संघ केन्द्रीय कार्यालय गढवाले २०८२ सालको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मेटमणि चौधरीले संघलाई ३ करोड रुपैयाँ बजेट दिएको भनी गरिएको प्रचारप्रसारप्रति गम्भीर आपत्ति जनाएको छ ।
‎
संघका अध्यक्ष हिरालाल यादवद्वारा जारी विज्ञप्तिमा मेटमणि चौधरीले आफ्नो दुई कार्यकालमा यादव समाज सेवा संघका लागि कुनै पनि बजेट विनियोजन नगरेको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “संघबाट पटकपटक औपचारिक रूपमा बजेट माग गर्दा पनि कुनै बजेट उपलब्ध नगराइएको अवस्थामा अहिले ३ करोड रुपैयाँ दिएको भन्ने प्रचार सरासर असत्य र भ्रामक हो ।”
‎
संघले यसअघि जातीय आधारमा बजेट छुट्याउन नमिल्ने धारणा स्वयं मेटमणि चौधरीले व्यक्त गरेको उल्लेख गर्दै हाल भइरहेको प्रचारले समुदायमा भ्रम सिर्जना गर्ने प्रयास भएको जनाएको छ ।

‎यादव समाजलाई भोट बैंकका रूपमा प्रयोग गर्दै झुटा आश्वासन दिने कार्य बन्द गर्न संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ । यसैबीच यादव समुदायको आस्थाको केन्द्र रिहार धाममा गढवा–६ बालापुर निवासी समाजसेवी युवा नेता अशोक कुमार यादवको पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भई राधाकृष्ण मन्दिर धर्मशाला निर्माण सम्पन्न भएको जानकारी संघले दिएको छ । संघले आगामी निर्वाचनमा तथ्यमा आधारित जानकारीका आधारमा निर्णय लिन समुदायलाई आग्रह गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्