कांग्रेसको नेतृत्वमा मात्रै देशमा स्थायित्व, सुशासन र समृद्धि सम्भव – योगेन्द्र चौधरी

दाङ समाचार
दाङ समाचार ९ फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ–१ का उम्मेदवार योगेन्द्र चौधरीले लमही नगरपालिका -९ कोल्तरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसको नेतृत्वमा मात्रै देशमा स्थायित्व, सुशासन र समृद्धि सम्भव हुने बताउनु भएको छ ।

चुनावी सभामा बोल्दै उम्मेदवार चौधरीले वर्तमान जटिल राजनीतिक परिस्थितिबाट देशलाई निकास दिन सक्षम र अनुभवी पार्टी नेपाली कांग्रेस मात्र रहेको उल्लेख गर्दै जनताको विश्वास र साथ पाए आगामी दिनमा दाङ क्षेत्र नम्बर १ को समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउँदै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गरिने बताउनु भयो । “बदलिएको कांग्रेससँगै अब देश पनि बदलिन्छ,” उहाँले भन्नु भयो, “जनताको मत नै परिवर्तनको आधार हो ।”

सभामा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले उत्साहजनक उपस्थिति जनाउँदै कांग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसलाई समर्थन गर्न आग्रह गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्