दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले मुस्लिम समुदायको महान पर्व इद उल फित्रको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ ।
नगर प्रमुख चौधरीले शुभकामना व्यक्त गर्दै इद उल फित्रले आपसी प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वहरूले सामाजिक एकता अझ मजबुत बनाउने उल्लेख गर्नुभयो ।
उहाँले पवित्र रमजान महिनाभर गरिएको रोजा, त्याग र आत्मसंयमले मानिसलाई अनुशासित र सहनशील बनाउने बताउँदै इद उल फित्रले शान्ति, समृद्धि र खुशीयालीको सन्देश फैलाउने विश्वास व्यक्त गर्नु भएको छ ।
नगर प्रमुख चौधरीले इदको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आपसी सद्भाव कायम राख्दै समुन्नत समाज निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्