दाङ – लमही नगरपालिका वडा नम्बर ६ देउपुर बर्कामहरवा क्षेत्रमा सोमबार साँझ करिब ११ फिट लामो अजिङ्गर सर्प सकुशल उद्दार गरिएको छ ।
स्थानीय क्षेत्रमा देखापरेको उक्त अजिङ्गरलाई सुरक्षित रुपमा नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको सर्प उद्धारकर्ता शिवु खनालले जानकारी दिएका छन । सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए ।
उद्दार गरिएको अजिङ्गरलाई अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिनपार्क अन्तर्गत रहेको वन्यजन्तु उद्दार केन्द्रमा राख्ने तयारी भइरहेको बताइएको छ ।
वन कार्यालयका अनुसार अजिङ्गर अविषालु भएपनि यसको संरक्षण आवश्यक रहेको र मानिस तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सचेतना आवश्यक पर्ने जनाएको छ । स्थानीयहरुले सर्पलाई मार्ने भन्दा पनि सुरक्षित उद्दार गरी संरक्षणमा जोड दिइएकोमा खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्