दाङ – राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी कालुराम विकले आफ्नी स्वर्गीय जीवनसंगिनी हरिकला विकको स्मृतिमा उदाहरणीय सामाजिक कार्य गरेका छन् । उनले श्री शिवशक्ति माध्यमिक विद्यालय मा रु १ लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकम शिक्षा क्षेत्रमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक लीलाधर विकले जानकारी दिनु भएको छ ।
कालुराम विकको यस मानवीय तथा प्रेरणादायी कार्यको विद्यालय परिवार, स्थानीय अभिभावक तथा समाजसेवीहरूले प्रशंसा गरेका छन् । स्वर्गीय हरिकला विकको सम्झनामा गरिएको यो योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्