नेपाल प्रहरीका कुशल अधिकृत एसपी खड्का, जसले गरि दिन्छन अपराधीहरुको निद हराम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० फाल्गुन २०८१, मंगलवार
2 Min Read
Aa

दाङ – मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का मकवानपुरमा सरुवा भएर आएपछि जिल्लामा शान्ति सुरक्षाको अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। उनको नेतृत्वमा प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ।

गत वर्ष असोज महिनामा, मकवानपुर प्रहरीले ११ करोड ४३ लाख रुपैयाँ बराबरको ८ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो। यो सफलता एसपी खड्काको कुशल नेतृत्वको प्रतिफल मानिन्छ।

यसैगरी, माघ महिनामा प्रहरीले लागूऔषध चरेश, अफिम तथा गाँजासहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। यो कारबाहीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याएको छ।

एसपी खड्काको सक्रियतामा मकवानपुर जिल्लामा आपराधिक गतिविधिहरूमा कमी आएको छ। उनको नेतृत्वमा प्रहरीले तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाएको छ।

एसपी खड्काको नेतृत्वमा मकवानपुर प्रहरीले शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ। उनको कुशल नेतृत्व र प्रहरी टोलीको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आएको छ।

दिनहुँ जसो अपराधिक गतिविधिमा संलग्नलाई च्याप्प समात्दै कानूनी दायरामा ल्याउने काम भैरहेको छ । मकवानपुर प्रहरीले आज मात्र २० ग्राम ६३० मिलिग्राम लागूऔषध (सेतो हेरोइन जस्तो देखिने पदार्थ) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यो सेतो हेरोइन जस्तो देखिने विरलै फेला पर्ने गर्दछ । त्यस्तै आजै लागुऔषध डाईजेपाम सहित १ जना, बिष्फोटक पदार्थ सहित १ जना र ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्धामा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काको नेतृत्वमा भइरहेको सुरक्षा सशक्तिकरण अभियान अन्तर्गत विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भारतीय नागरिकहरूलाई लागूऔषध कारोबार मुद्दामा आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। मकवानपुर प्रहरीले लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई निरन्तर निगरानी गर्दै आइरहेको छ।

एसपी खड्काको नेतृत्वमा यसअघि पनि ठूलो परिमाणमा लागूऔषध तथा अवैध सामग्रीहरू बरामद गर्दै अपराध नियन्त्रणका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्